ad ad

समाज


कोरोनाबाट सबैभन्दा बढी ग्रस्त ११ देशको अवस्था यस्तो...

कोरोनाबाट सबैभन्दा बढी ग्रस्त ११ देशको अवस्था यस्तो...

नेपालखबर
चैत ५, २०७६ बुधबार १३:३६,

कोरोनाका कारण बुधबारसम्म २ लाख ४ हजार ६१० संक्रमित बनेको पुष्टि भएको छ।

हालसम्म ८ हजार २७० को मृत्यु भइसक्दा ८२ हजार ८६८ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाको प्रभाव कोरोनाको उद्गमस्थल चीनमा कम हुँदै गएको छ। चीनपछि कोरोनाग्रस्त मूलुक इटली, इरान र स्पेन हुन्।

अमेरिकामा पनि संक्रमितको संख्या बढ्दै गएको छ। गत शुक्रबार डब्लूएचओले अब कोरोनाको केन्द्रविन्दु युरोप बनेको बताएको थियो।

डब्लूएचओले कोरोना नियन्त्रण गर्न आक्रमक रुपमा लाग्न विश्वलाई आग्रह गरेको छ।

कोरोनाबाट प्रभावित मुख्य ११ राष्ट्र

१. चीनः ८० हजार ८९४ संक्रमित, ३२ सय ३७ को मृत्यु, ६९ हजार ६१४ उपचारपछि स्वस्थ

२. इटलीः ३१ हजार ५०६ संक्रमित, २ हजार ५०३ को मृत्यु, २ हजार ९४१ उपचारपछि स्वस्थ

३. इरानः १७ हजार ३६१ संक्रमित, ११ सय ३५ को मृत्यु, ५ हजार ३८९ उपचारपछि स्वस्थ

४. स्पेनः १३ हजार ९१० संक्रमित, ६२३ को मृत्यु, १ हजार ८१ उपाचारपछि स्वास्थ

५. जर्मनीः १० हजार ८२ संक्रमित, २७ को मृत्यु, ७३ उपचारपछि स्वस्थ

६. दक्षिण कोरियाः ८ हजार ४१३ संक्रमित, ८४ को मृत्यु, १५ सय ४० उपचारपछि स्वस्थ

७. फ्रान्सः ७ हजार ७३० संक्रमित, १७५ को मृत्यु, ६०२ उपचारपछि स्वस्थ

८. अमेरिकाः ६ हजार ५३४ संक्रमित, ११६ को मृत्यु, १०६ उपचारपछि स्वस्थ

९. स्वीजरल्यान्डः २ हजार ७४२ संक्रमित, २७ को मृत्यु, १५ उपचारपछि स्वास्थ

१०. नेदरल्यान्ड्सः २ हजार ५१ संक्रमित, ५८ को मृत्यु, २ उपचारपछि स्वस्थ

११. बेलायतः १९ सय ५० संक्रमित, ७१ को मृत्यु, ६५ उपचारपछि स्वस्थ

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .