ललितपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका १० टाखेलस्थित सडकमा ना १ क ५९१३ नम्बरको जेसिवीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको मृत्यु भएको हो।
शनिबार दिउँसो जेसीबीको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जेसीबी चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
51
Shares

प्रतिक्रिया