समाज


एआईजी भरत बोहरा भए अवकास

एआईजी भरत बोहरा भए अवकास

नेपालखबर
पुस १४, २०८१ आइतबार ११:१०, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरक्षिक (एआईजी) भरतबहादुर बोहरा अवकास भएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकास भएका हुन्। 

नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकास भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए।

उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकास हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्। उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए। 

अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो। बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन्।

मंगलबारदेखि अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि अवकास हुँदैछिन्। उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad