बिहीबार ह्वात्तै घटेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो।
बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो भने बुधबार ६.७ डिग्री सेल्सियस थियो।
आज साँझ पश्चिमी न्यून चापीय प्रणाली (वर्षा र हिमपात गराउने मौसम प्रणाली) नेपाल प्रवेश गर्ने भएकाले थप चिसो बढ्ने मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार साँझदेखि देशका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात सुरु हुने भएको हो।
जसका कारण शनिबारसम्म मुलुकभर चिसो बढ्ने सम्भवना रहेको मौसम महाशाखाले जनाएको छ।
हेर्नुहोस् आजको न्यूनतम तापक्रम विवरण (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजाेका हुन्)-

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ।
आज दिउँसो र राति कुन प्रदेशको मौसम कस्तो होला, हेर्नुहोस् तलको तालिका-

Shares

प्रतिक्रिया