समाज


बाबु र भाइका हत्या आरोपी मिलनलाई ५ दिन हिरासतमा राख्न अनुमति

बाबु र भाइका हत्या आरोपी मिलनलाई ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
पुस ११, २०८१ बिहिबार १७:४८, काठमाडौँ

भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेको आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलका मिलन आचार्यलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत भक्तपुरले पक्राउ परेको दिन मंगलबारबाट गणना हुने गरी पहिलो पटक ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले बताए।

२६ वर्षका मिलनले गत शनिबार राति आफ्नै डेरामा बाबु ५६ वर्षका कुलप्रसाद आचार्य र २२ वर्षका भाइ प्रणि आचार्यको हत्या गरेको आरोप छ। घटनापछि ढोकामा चाबी लगाएर फरार भएका मिलन दुई दिनपछि आफै प्रहरी वृत्त महाराजगन्जमा उपस्थित भएका थिए।

मंगलबार प्रहरी कार्यालय पुगेपनि बुधबार बिदा भएकाले उनलाई बिहीबार मात्रै अदालतमा उपस्थित गराइएको थियो। बयानका क्रममा मिलनले पनि आफैले बुबा र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ।

मृतक दुवैको मंगलबार साँझ पशुपतिमा दाहसंस्कार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad