समाज


२ सहायक हबलदारसहित ३० प्रहरी सम्पर्कविहीन

प्रहरी प्रधान कार्यालयले भन्यो- एक सातासम्म सम्पर्कमा नआए कारबाही हुन्छ
२ सहायक हबलदारसहित ३० प्रहरी सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार ६:२९, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई हाजिर हुन आउन भन्दै सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो। 

दुई प्रहरी सहायक हबलदार र प्रहरी जवानसहित ३० प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। 

गैर हाजिर हुनेमा प्रहरी सहायक हबलदारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

समयमै हाजीर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad