समाज


चन्द्रागिरिका मेयर गिरी र कार्यवाहक राजदूत ताकाहिरोबीच भेटवार्ता

चन्द्रागिरिका मेयर गिरी र कार्यवाहक राजदूत ताकाहिरोबीच भेटवार्ता

नेपालखबर
पुस १०, २०८१ बुधबार १३:३६, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन्।
 
सो भेटवार्तामा उनीहरु बीच आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको मेयर गिरीको सचिवालयले जनाएको छ। सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए /गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराएका छन्। 

नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी, रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई मेयर गिरील्े अवगत गराएका छन्। 
    
सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिएका छन्। 

उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको बताए। सोही अवसरमा  कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गरेका थिए। 

सो अवसरमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी,  वडाध्यक्षहरु नरेन्द्र श्रेष्ठ, घनश्याम लुइँटेल, प्रल्हाद रिजाल ,श्रीकृष्ण खत्री एवं शिक्षा शाखा प्रमुख सुजन खनाल ,प्रशासन प्रमुख दामोदर रिजाल लगायतको सहभागिता थियो। 

नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला,खानाका परिकार लगायत राखिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad