हाल देशभर पश्चिमी वायुसहित पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव छ।
जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले तराई तथा उपत्यका क्षेत्रका एकदुई स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा लाग्ने हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।
हेर्नुहाेस् ३ दिनकाे माैसम पूर्वानुमान



243
Shares

प्रतिक्रिया