कला


छत्तीसगढमा सरकारी पैसा आफ्नो खातामा जम्मा भएको विषयमा सन्नी लियोनीको प्रतिक्रिया

छत्तीसगढमा सरकारी पैसा आफ्नो खातामा जम्मा भएको विषयमा सन्नी लियोनीको प्रतिक्रिया

अभिनेत्री सन्नी लियोनी


नेपालखबर
पुस १०, २०८१ बुधबार ८:०, काठमाडौँ

भारतको छत्तीसगढमा आफ्नो नाममा रहेको कुनै बैंक खातामा सरकारी योजनाबाट पैसा जम्मा भएको विषयमा अभिनेत्री सन्नी लियोनीले प्रतिक्रिया दिएकी छन्। 

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘महिलालाई सशक्तीकरण गर्न र सुविधा दिन ल्याइएको योजनाको यसरी दुरुपयोग भएको थाहा पाउँदा दुःख लागेको छ।’

सन्नी लियोनीले भनेकी छन्, ‘म यसको निन्दा गर्छु र यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूलाई मेरो पूर्ण समर्थन छ।’

कुरो के हो?

छत्तीसगढको भाजपा सरकारको महत्वाकांक्षी ‘महातारी वन्दन योजना’अन्तर्गत सन्नी लियोनीको नाममा बैंक खातामा मासिक एक हजार रुपैयाँ जम्मा गर्ने गरिएको थियो।

राज्य सरकारको वेबसाइटमा रेकर्ड गरिएका विवरणका अनुसार माओवादी प्रभावित बस्तरको तलुर आंगनवाडीमा यस नाममा आवेदन दर्ता गरिएको थियो।

यस खातामा मासिक एक हजार रुपैयाँ दिइने गरिएको थियो। तर विधायक र भाजपा राज्यका प्रवक्ता अजय चन्द्रकरले त्यस्तो कुनै अनियमितता नभएको जिकिर गरेका छन्।

उनले भने, ‘यो बस्तरको परम्परागत नाम होइन। तर बस्तरमा धर्म परिवर्तन भइरहेको छ। धर्म परिवर्तन भएकी महिलाको नाम सन्नी लियोनी हुनसक्छ। यसलाई कुनै प्रकारको अनियमितताका रूपमा हेर्न सकिँदैन।’

यो विवरण सार्वजनिक भएपछि कंग्रेसले सरकारलाई निशाना बनाएको छ।

छत्तीसगढमा कंग्रेस पार्टीका प्रवक्ता सुशील आनन्द शुक्लाले भने, ‘हाम्रो पार्टीले सुरुदेखि नै यो योजना भ्रष्टाचारको योजना हो भनी भन्दै आएको छ। यस योजनाको फाइदा खाँचोमा परेका मानिसहरूसम्म पुग्दैन, पैसा भाजपाका मानिसको गोजीमा जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad