वुहान विश्व विद्यालयको जोङनान हस्पिटल अन्तर्गत सेन्टर फर इभिडेन्स–बेस्ड एन्ड ट्रान्सलेसन मेडिसिनले गरेको अध्ययनमा ‘ब्लड ग्रुप ए’ भएका मानिसमा कोरोनाको जोखिम बढी हुने सम्भावना देखिएको हो।
अध्ययनमा ‘ब्लड ग्रुप ओ’ भएका मानिसमा भने कोरोनाको संक्रमण कम देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चीनको वुहान र सेनजेनमा दुई हजारभन्दा बढी कोरोना संक्रमितमा अनुसन्धान गरिएको थियो।
अध्ययनमा ‘ब्लड ग्रुप ए’ भएका मानिसमा कोरोनाको संकेतहरु बढी देखिने गरेको पाइएको हो। यद्यपी अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धान प्रारम्भिक चरणमै भएको बताएका छन्।
जोङनान अस्पतालको सेन्टर फर इभिडेन्स–बेस्ड एन्ड ट्रान्सलेसन मेडिसिनका मुख्य अनुसन्धानकर्ता वाङ छिङहुआन भन्छन्,‘सबै मानिसले कोरोनाबाट बच्न पर्याप्त उपाय अबलम्ब गर्नुपर्छ तर ब्लड ग्रुप ए भएका मानिसले झनै बढी सावधानी अपनाउनु पर्ने देखियो।’
गत मार्च ११ मा प्रकाशित अनुसन्धानमा ‘ब्लड ग्रुप ओ’ भएका मानिसमा भने कोरोनाको जोखिम कम देखिएको उनको भनाइ छ।
यो पनि:
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो १५ सुझाव

प्रतिक्रिया