कारोबार


नेपालको रेमिट्यान्स घट्यो, ७ महिनामा कति भित्रियो?

नेपालको रेमिट्यान्स घट्यो, ७ महिनामा कति भित्रियो?

नेपालखबर
चैत ५, २०७६ बुधबार ७:१२,

चालू आर्थिक वर्षको सात महिनामा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव पाँच प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघ महिनासम्मको अवधिकाे तथ्यांकअनुसार रेमिट्यान्स घटेको देखिएको हो।

नयाँ तथ्यांकअनुसार ०.५ प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो।

बढे विदेश जाने
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad