समाज


सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीको मृत्यु

सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीको मृत्यु

नेपालखबर
पुस ९, २०८१ मंगलबार ९:५०, सर्लाही

सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीमा कार्यरत युवकको मृत्यु भएको छ। 

गएराति ११ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन-९ नोचामा भएको दुर्घटनामा हरिवन नगरपालिकामा कार्यरत नगर प्रहरी युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर किशोर तामाङले जानकारी दिए। 

मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर-८ निवासी २५ वर्षीय कवि रिखाम मगर छन्। 

राति ११ बजे हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु पुर्याएर पश्चिमतिर जाँदै गरेकाे ना ६ त ३०५० नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०२-०२८ प ६५०८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको इन्सपेक्टर तामाङले बताए। 

‘दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा राति नै बाराको न्यूरो अस्पतालमा मृत्यु भएको हो,’ तामाङले भने, ‘दुर्घटनामा घाइते भएका हरिवन-८ कै करिब ४० वर्षीय रामजी बस्नेतको न्युरोमै उपचार भइरहेको छ।’ बस्नेत स्कुटरको पछाडि सवार थिए। 

बस्नेतको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैबीच नगर प्रहरी जवान मगरको मृत्युको शोकमा हरिवन नगरपालिकाले आज (मंगलबार) हरिवनमा शोक बिदा दिएको छ। नगर प्रमुख रमेश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आज नगरपालिका मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरुमा शोक बिदा दिइएको जानकारी दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad