समाज


फुल्चोकी जंगलमा हराएका १० युवक र ३ युवतीको गएराति सकुशल उद्धार

फुल्चोकी जंगलमा हराएका १० युवक र ३ युवतीको गएराति सकुशल उद्धार

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८१ मंगलबार ७:२८, काठमाडौँ

ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जना गएराति फेला परेका छन्। 

सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवतीलाई गएराति नौ बजेतिर प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए। 

‘उनीहरुलाई हामीले राति नै आफन्तको जिम्मा लगाएका छौँ,’ एसपी पौडेलले मंगलबार बिहान नेपालखबरसँग भने, ‘बाटो भुलिँदा आफूहरु हराएको उनीहरुले बताएका छन्।’ 

सोमबार फुल्चोकी घुम्न गएका १० जना युवक र तीनजना युवती दिउँसोदेखि बाटो भुलेर जंगलमा हराएका थिए। उनीहरु हराएको सूचना पाएपछि प्रहरीले उद्धार कार्य सुरु गरेको थियो। 

‘गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न साढे तीन बजेदेखि र ६ जनाको अर्को समूह चार बजेदेखि हराएको जानकारी आएपछि हामीले खोजी गरेका थियौँ,’ उनले भने, ‘उनीहरुको उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो।’

यसअघि पनि फुल्चोकी जंगलमा घुम्न जानेहरू पटक पटक हराएका थिए। फुल्चोकी काठमाडौँ उपत्यकाकै अग्लो स्थान भएकाले मानिसहरु घुमफिर गर्न जाने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad