कर्णाली


हुम्लामा हिमपात र वर्षा, हिमपहिरो खस्ने खतरा

सुरक्षित रहन प्रमुख जिल्ला अधिकारीको आग्रह
हुम्लामा हिमपात र वर्षा, हिमपहिरो खस्ने खतरा

मंगलबार बिहान हिँउले ढाकिएको हुम्ला सदरमुकाम सिमकोटका घरहरू। तस्बिर : दाने बोहरा/रासस


नेपालखबर
पुस ९, २०८१ मंगलबार ७:४७, सिमकोट (हुम्ला)

हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिउँ पर्न थालेको हो।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भइरहेको जानकारी दिए। 

यहाँ दुई इन्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ।

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ।

चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित भएको छ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा  पुगेको छ।

जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ।

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad