आज (सोमबार) देशका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार सोमबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.८ डिग्री सेल्सियस छ।
यसपछि जोमसोम (मुस्ताङ) माइनस ४.५ डिग्री सेल्सियस तथा माइनस जिरी (दोलखा) मा न्यूनतम तापक्रम माइनस १.१ डिग्री सेल्सियस छ।
यसबोहक आज देशका अन्य स्थानमा भने तापक्रम माइनसमा झरेको छैन।
यसैबीच सोमबार काठमाडौँ उपत्यकामा न्यूनतम ४.३ र अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको विवरणले देखाएको छ।
कहाँको तापक्रम कति, हेर्नुहोस् सूची-


२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।
सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ।
Shares

प्रतिक्रिया