आज (सोमबार) राति चार प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी र तराई दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुन सम्भावना छ।
यस्तै आज राति लुम्बिनी प्रदेशका पनि पहाडी र तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी राति सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएको छ।
यसबाहेक अन्य प्रदेशमा भने राति कतै हिमपात र वर्षाको सम्भावना देखिएको छैन। कतै कतै मौसम आंशिक बदलीसम्म हुने सम्भावना महाशाखाले औँल्याएको छ।
Shares

प्रतिक्रिया