समाज


भैँसेपाटी हनी ट्र्याप : इन्सपेक्टर बिनुकुमारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

भैँसेपाटी हनी ट्र्याप : इन्सपेक्टर बिनुकुमारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

नेपालखबर
पुस ८, २०८१ सोमबार १७:५९, काठमाडौँ

भैँसेपाटीमा भएको हनी ट्र्यापको घटनामा संलग्न प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

भैँसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीकै मिलेमतोमा एक व्यवसायीलाई हनी ट्र्यापमा फसाएर २० लाख रुपैयाँ अशुलेको भन्दै उनीविरुद्ध पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दायर गरेको थियो।

प्रभागबाट निलम्बन गरेर छानबिन सुरु भएपछि उनी भने सम्पर्कविहीन भएकी थिइन्। पछि अनुसन्धानमा समेत उनी फरार रहेको भन्दै मुद्दा दायर भएको थियो।

आइतबार उनी जिल्ला अदालत ललितपुरमा आफैं उपस्थित भएकी थिइन्। आइतबार बयान गराएर सोमबार थुनछेक आदेश भएको हो।

यसअघि मंसिर १३ गत न्यायाधीश टेकराज जोशीको इजलासले मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।

व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा भएकी थिइन्। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो।

प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad