समाज


एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा २ भारतीय पक्राउ

एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा २ भारतीय पक्राउ

नेपालखबर
पुस ७, २०८१ आइतबार १६:५४, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी अनलाइन बेटिङ गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्। 

शनिबार सम्पन्न जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेलमा सट्टेबाजी गराएको आरोपमा २ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङमा बस्ने ४७ वर्षका हरिस जावा र सोही ठाउँका ऋषि मातन रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। 

उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ५ वटा मोवाइल, एउटा ल्यापटप, एनसेलका ८ वटा सिम, हरिसको भारतीय राहदानी, आधार कार्ड, ऋषिको आधारकार्ड र भोटिङकार्ड बरामद गरेको छ। 

यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad