ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ठगी प्रकरणमा संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध मुद्दा दायर भएको छ।
महर्जनविरुद्ध ३ अर्ब ९३ करोड ४२ लाख बिगो मागदाबी गरी मंगलबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
रकम अपचलनबारे सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको हो।
प्रहरीले महर्जन दम्पती र छोराको पनि चल अचल सम्पत्ति रोक्का गरेको सीआईबीले जनाएको छ।
फरार रहेका महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवलयबाट रोड नोटिस जारी भएको छ।
उनी हाल बेलायतमा रहेको आशंका गरिएको छ।
सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ। महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
बचतकर्ताले सो सहकारीमा ११ अर्ब बचत गरेका थिए।
Shares

प्रतिक्रिया