समाज


१३ हजार कानुन व्यवसायी करको दायरामा आए : सचिव सापकोटा

१३ हजार कानुन व्यवसायी करको दायरामा आए : सचिव सापकोटा

नेपालखबर
पुस १, २०८१ सोमबार १५:४५, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायी करको दायरामा आएको जानकारी दिएका छन्।

सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले २१ हजारमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गरे।

कानुन व्यवसायीहरूको नवीकरण कर नतिरेसम्म नगर्ने भनेपछि करको दायरामा आएको उनको भनाइ छ।

सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरूलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad