कारोबार


अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए

अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए

नेपालखबर
पुस १, २०८१ सोमबार १५:४८,

यो वर्षको सुरुमा भारतीय अर्बपति मुकेश अम्बानीको छोराको बिहेले संसारभर सनसनी मच्चाएको थियो। मुम्बईदेखि इटलीको रिभिएरासम्म आयोजना गरिएको ७ महिना लामो भव्य बिहेका समारोहहरूमा पाहुनाहरूलाई मनोरञ्जन दिलाउन रिहान्नादेखि जस्टिन बिबरसम्मलाई झिकाइएको थियो।

करिब ६० करोड डलर खर्च भएको अनुमान गरिएको सो बिहेले भारतका महाधनीहरूको आत्मविश्वास कति उच्च छ भन्ने पनि देखाएका थियो। किनकि विस्तार भइरहेको अर्थतन्त्रमा उनीहरूको सम्पत्ति तीव्र गतिमा बढिरहेको थियो। तर, ६ महिनापछि अहिलेको परिदृश्य त्यति उज्ज्वल देखिँदैन।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख मुकेश अम्बानी र अदानी ग्रुपका संस्थापक गौतम अदानी दुवैले यस्ता अनेकौँ जोखिम सामना गरिरहेका छन्, जसले उनीहरूको व्यवसाय र अपार व्यक्तिगत धनमा क्षति गरिरहेका छन्। 

अम्बानीको उर्जा र खुद्रा व्यवसायले राम्रो प्रदर्शन गरिरहेको छैन। ऋणका कारण लगानीकर्ताहरूको चिन्ता बढेको छ। अदानीको साम्राज्यमा त अमेरिकी सरकारको अभियोगले भुइँचालो नै ल्याएको छ। जसका कारण लगानी भित्र्याउन र ठेक्का हात पार्न उनलाई मुस्किल हुन थालेको छ। र, संकट टरिसकेको हो कि होइन, अझै थाहा छैन।

गत वर्ष हिन्डेनबर्ग रिसर्चले उनका कम्पनीहरूलाई ठगीलगायतको आरोप लगाएपछि अदानी लगानीकर्ताहरूको विश्वास जित्ने कोसिस गरिरहेका थिए। यस्तोमा अमेरिकाले घुस खुवाएको आरोप लगाएपछि अदानी फेरि अन्तर्राष्ट्रिय चर्चामा आएका छन्। 

उनले दुवै आरोपको खण्डन गरेका छन् र त्यसविरुद्ध लडिरहने वाचा गरेका छन्।

तर, सो आरोपले अदानी समूह र यसको सेयर मूल्यमा भार पर्ने देखिन्छ। हिन्डेनबर्गको आरोपपछि अदानीको सम्पत्ति गत जुलाई १२२.३ अर्ब डलर पुगेको थियो। अमेरिकी आरोपपछि त्यो कमाइ गायब भएको छ। ब्लुमबर्ग बिलियनायर इन्डेक्सका अनुसार अहिले अदानीको सम्पत्ति ८२.१ अर्ब डलर छ।

अर्बौं सम्पत्ति बिलाएर जानेमा उनी मात्र छैनन्। एसियाका सबैभन्दा अम्बानीलाई पनि धक्का लागेको छ। जुलाईमा घरमा बिहे चलिरहँदा उनको सम्पत्ति १२०.८ अर्ब डलर पुगेको थियो। 

तर, रिलायन्सको कमाइ घटेको छ, उर्जा व्यवसाय पनि कम भएको छ। डिसेम्बरमा १३ मा उनको सम्पत्ति ९६.७ अर्ब डलर छ। 

जसका कारण अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिएका छन्।

अम्बानीले आफ्नो व्यापारमा रणनीतिक परिवर्तन गरेका छन्। उनको अबको ध्यान डिजिटल प्लाटफर्म, खुद्रा ब्रान्ड र नवीकरणीय उर्जामा देखिन्छ। तर, खुद्रा व्यवसायमा बिक्री र नाफा घटेको छ भने भारतका ठूला सहरहरूमा उनका प्रतिस्पर्धीहरूले व्यापार बढाएका छन्।

त्यसमाथि इलोन मस्कको स्टार लिंक भारतमा प्रवेश गर्न खोज्दैछ। जसले अम्बानीको डिजिटल र टेलिकम व्यवसायलाई धक्का दिन सक्छ। ब्लुमबर्गबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad