समाज


पत्रकार महासंघको अन्तिम मतपरिणाम सार्वजनिक, कसको मत कति?

पत्रकार महासंघको अन्तिम मतपरिणाम सार्वजनिक, कसको मत कति?

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २३:५, काठमाडौँ

नेपाल पत्रकार महासंघको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

शुक्रबार भएको मतदानको अन्तिम परिणाम आइतबार राति अबेर मात्र सार्वजनिक भएको हो।

अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मत पाएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत पाए।

वरिष्ठ उपाध्यक्षमा ४ हजार २३० मत पाएर दीपक आचार्य निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत पाए। 

उपाध्यक्ष (महिला) मा ४ हजार ७०५ मत पाएर नितु पण्डित निर्वाचित भइन्। उनकी निकटम प्रतिद्वन्द्वी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन्। 

उपाध्यक्ष (समावेशी) मा उमिद बागचन्द ४ हजार २९२ मत पाएर विजयी भए। उनका निकटतम प्रतद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत पाए।

महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले ४ हजार ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत पाए।

खुला सचिवमा रमेश खतिवडा ३ हजार ४०० मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उत्तरसिंह विष्टका पक्षमा २ हजार ६७ मत परेको छ।

सचिव (महिला) मा सोनी शर्मा ४ हजार ३४७ मत पाएर विजयी भएकी छन्। प्रतिस्पर्धी सरिता बराइलीले २ हजार ८२३ मत पाइन्।

सचिव (आदिवासी जनजाति) मा सविन प्रियासन विजयी भएका छन्। उनले ३ हजार ५३५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी भिसन राईले २ हजार ४५७ मत पाए। 

यस्तै सचिव (मधेसी अशोककुमार तिवारी ३ हजार ८५८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रीजन झाका पक्षमा २ हजार २४३ मत परेको छ।

सचिव (दलित) बाट प्रकाश धौलाकोटी निर्वाचित भएका छन्। उनले उनले ४ हजार ११० मत पाउँदा निकटतम प्रतिस्पर्धी वसन्त विकले १ हजार ८ सय ९२ मत पाए।

सचिव (एसोसिएट) मा वैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत पाएर जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विकास कार्कीले २ हजार ७३५ मत पाए।  

कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। उनले ३ हजार ८४७ मत पाउँदा प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६४ मत पाए।   

सदस्यहरूमा खुलातर्फ छविलाल तिवारी, भुपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना विजयी भएका छन्।

कोसी प्रदेशबाट कमल रिसाल र शंकर खरेल निर्वाचित भएका छन्। मधेसबाट राजु विश्वकर्मा र राजेशकुमार कर्ण विजयी भएका छन्। उपत्यकाबाहेक बाग्मती प्रदेशबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी सदस्य चुनिएका छन्।

गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना विजयी भएका छन् भने लुम्बिनीबाट रामराज पोख्रेल र विकास बन्जाडेले जितेका छन्।

कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट योगेन्द्रबहादुर बलायर र सुरेश पन्त केन्द्रीय सदस्य चुनिएका छन्।

उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, एसोसिएटबाट पवित्रा मुडभरी र मनुका कुँवर निर्वाचित भएका छन्।

प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली र सविता शर्मा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

मधेसी महिलाबाट रूबीकुमारी रौनियार, आदिवासी जनजाति महिलाबाट माला पालुङवा, खस आर्य महिलाबाट लीला शाह योगी, दलित महिला रीता बुढाथोकी (निर्विरोध) केन्द्रीय सदस्य निर्वाचित भएका छन्।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad