समाज


विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १५:४०, काठमाडौँ

मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्।

सो क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधिभन्दा आयुर्वेदिक औषधि राम्रो हुने बताइन्।

यस्तै, उनले आयुर्वेदिक औषधि प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताइन्।

उनले भनिन्, ‘परापूर्व कालमा बन्ने त्यो दबाईहरूबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ। यो प्रायः हाम्रो उमेर समूहको मान्छेहरू सबैले गर्नु भएको छ जस्तो लाग्छ। हामीले त्यो प्रकारको औषधि खाएका पनि छौँ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छौँ। हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधि चाहिन्छ तर आयुर्वेदिक औषधिहरूले केही समय लिन्छ। यस्तो औषधिको लागि धैर्य राख्नुपर्छ।’

त्यस्तै क्याप्टेन लामाले आर्युवेद निकै पुरानो औषधि भएको र यसलाई विकल्पका रुपमा राख्न नहुने बताए।

नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्यायाममा ध्यान दिनुपर्ने बताए। त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्ने कुरामा जोड दिए।

क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सँधै डटेर लाग्न भन्दै उत्साह समेत प्रदान गरे।

सो अवसरमा डाक्टर पौडेलले मेदान्त आयुर्वेद हस्पिटलका बारेमा जानकारी दिँदै जम्मा १ सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए। नयाँ र व्यबस्थित भवनमा उचित सेवा सुबिधासहित न्यूनतम मूल्यमा सुविधा दिइएको डाक्टर पौडेलले बताए।

उनले डाक्टरले बिरामीलाई समय दिएजस्तै बिरामीले पनि खानपान र स्वास्थ्यका बारेमा पनि सचेत हुन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad