ad ad

समाज


श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

गोकुल जोशी
चैत ४, २०७६ मंगलबार ८:५१,

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ क गाउँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–८ का सफली बयाडीको कुटपिटबाट श्रीमती खन्जरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए।

उनका अनुसार चैत्र २ गते बेलुका मदिरा सेवन गरेर सफलीले श्रीमतीलाई लाठी प्रहार गरेका थिए। कुटपिट पछि घाइते भएकी श्रीमतीलाई उपचारका लागि सफली आफैँले धनगढी लगेका थिए।

त्यहाँ उपचार सम्भव नभए पछि नेपालगञ्ज लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभए पछि चैत्र ३ गते बेलुका घाइते श्रीमतीलाई घर पुगाएका थिए। घर ल्याउने क्रममा बाटोमा नै खन्जुरीको मृत्यु भएको थियो। ‘

घटना बारे आज हामीले थाहा पायौँ, अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएका छौँ, उनी माथि अनुसन्धान भइरहेको छ।’ प्रहरी निरीक्षक सिंहले भने, ‘शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ।’

मृतक खन्जुरीका चार छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .