ad ad

राजनीति


प्रदेश २ को नाम र राजधानी : नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’मा मतदान हुँदै

प्रदेश २ को नाम र राजधानी : नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’मा मतदान हुँदै

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार ८:५६,

प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन मतदान मतदान सुरु भएको छ।

प्रदेशसभामा प्रस्ताव भएका नाममा सर्वसहमति जुट्न नसकेपछि मतदान हुने भएको हो।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।

मतदान गर्दै मुख्यमन्त्री लालबाबु राउत।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको छ भने यसपछि अन्य नाममा मतदान हुने बताइएको छ।

 जुन नाममा नाममा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .