समाज


कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार ६:११, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

यतिबेला (आइतबार बिहान) देशभर मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो र राति पनि देशभर मौसम मुख्यतया सफा रहने अनुमान छ। त्यसैगरी सोमबार दिउँसो पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

तर, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। 

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा सोमबार राति हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

त्यसैगरी मंगलबार दिउँसो पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

मंगलबार राति पनि गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad