ad ad

समाज


कोरोना भाइरसको त्रासपछि भारतमा ताजमहल बन्द

कोरोना भाइरसको त्रासपछि भारतमा ताजमहल बन्द

नेपालखबर
चैत ४, २०७६ मंगलबार ७:२५,

कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप ताजमहल बन्द गरिएको हो।

प्रत्येक दिन ताजमहलमा ७०,००० पर्यटकले भ्रमण गर्दछन्। पर्यटको चाप हुने स्थानमा कोरोनाको संक्रमण चाँडै फैलन त्रास भएपछि ताजमहल बन्द गर्ने अवस्थामा पुगेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ।

सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।

भारतमा अहिलेसम्म केही विदेशीसहित १२९ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। त्यहाँ ३ जनाको मृत्यु भइसकेको छ।

Image result for tajmahal corona

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .