महाराष्ट्रमा ६४ वर्षका एक व्यक्तिको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३ पुगेको हो।
मंगलबारसम्म भारतमा कोरोनाबाट संक्रमितको संख्या १ सय २९ पुगेको छ। महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतीय राज्य हो।
त्यहाा ३९ जनामा कोरोनाको संक्रमण देखिएको इन्डिया टुडेले जनाएको छ। भारतमा मंगलबारदेखि मापसे परीक्षण समेत नहुने भएको छ।
सवारी चालकबाट कोरोना संक्रमण हुने त्रास बढेको त्यहाँका अधिकारीहरुले बताएका छन्।
यस्तै भारतमा मंगलबारदेखि नै प्रख्यात पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ।
प्रतिक्रिया