समाज


नेपाल प्रहरीका २ एआईजी अवकाशमा

नेपाल प्रहरीका २ एआईजी अवकाशमा

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १८:५९, काठमाडौँ

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) का दुईवटा दरबन्दी रिक्त भएका छन्। 

एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएका हुन्। केदार मंसिर २२ गते र भीमप्रसाद बिहीबार अनिवार्य अवकाश भएका छन्।

एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश भएका थिए। त्यसको केही दिनमा भीमप्रसाद ढकाल पनि अवकाश भएका हुन्। 

मंसिर ६ गते एआईजीमा बढुवा भएका केदार ढकाल प्रदेश समन्वय विभागमा कार्यरत थिए। भिमप्रसाद ढकाल मानव स्रोत विकास विभागका कार्यरत थिए। 

उनीहरु दुवै जना उमेर हदका कारण अवकाश भएका हुन्। 

एआईजीको ५६ वर्षे उमेर हदका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची केदार र एआईजी दीपक थापाका ब्याची ढकाल अवकास भएका हुन्। 

रिक्त स्थानमा सरकारले गण्डकी प्रदेश प्रमुख डीआईजी दुर्गा सिंह र ट्राफिक प्रहरी प्रमुख भरतबहादुर बोहरालाई बढुवा गर्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad