समाज


खुकुरी प्रहार गरी २३ वर्षीय युवकको हत्या गरेको आरोपमा तीन पक्राउ

खुकुरी प्रहार गरी २३ वर्षीय युवकको हत्या गरेको आरोपमा तीन पक्राउ

नेपालखबर
चैत ४, २०७६ मंगलबार ४:१०,

दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका अनुप बस्नेत, २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारी दिए।

गए राति प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्य भएको थियो। डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad