समाज


पनौतीमा टिपरको ठक्करले आमा-छोरीकै मृत्यु

पनौतीमा टिपरको ठक्करले आमा-छोरीकै मृत्यु

नेपालखबर
चैत ४, २०७६ मंगलबार ०:५०,

काभ्रेमा टिपरले ठक्कर दिँदा आमा-छोरीकै मृत्यु भएको छ।

प्रहरीका अनुसार काभ्रेको पनौती बसपार्कमा सोमबार साँझ बा ४ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका काभ्रेकै खानीखोला १ का ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि पनौतीमा केही बेर तनाव भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad