समाज


चोभारको कबाडी गोदाममा आगलागी (तस्बिरहरू)

चोभारको कबाडी गोदाममा आगलागी (तस्बिरहरू)

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ८:२७, काठमाडौँ

काठमाडौँको चोभारमा रहेको एउटा कबाडी संकलन केन्द्रमा आगलागी भएको छ। 

आज बिहान कीर्तिपुर नगरपालिका- ६ चोभारमा रहेको एउटा कबाडी गोदाममा आगलागी भएको कीर्तिपुर प्रहरीले जनाएको छ। 

अहिले आगलागी नियन्त्रणको प्रयास चलिरहेको छ। आगलागी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाका २ वटा र ललितपुर महानगरपालिकाको एउटा बारुणयत्र परिचालन गरिएको छ। 

घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन्। दुईजनाको सहकार्यमा सञ्चालित कबाडी गोदाममा बिहान करिब सात बजदेखि आगलागी सुरु भएको हो।

अहिले आगो ७५ प्रतिशत नियन्त्रणमा आइसकेको घटनास्थलमा रहेका एक प्रहरी इन्सपेक्टरले नेपालखबरलाई जानकारी दिए। क्षतिको विवरण संकलन गर्न बाँकी रहेको उनले बताए। 

हेर्नुहाेस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad