समाज


देशमा पश्चिमी वायुको प्रभाव: तराई र उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो

देशमा पश्चिमी वायुको प्रभाव: तराई र उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ६:४७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको प्रभाव छ।

यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ।  

राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। 

त्यसैगरी भोलि (बुधबार) दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

आगामी बिहीबार पनि देशभर आंशिक बदली रहने महाशाखाको अनुमान छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad