समाज


यी २ दिन हिउँदे वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी २ दिन हिउँदे वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर : हिमपात


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १९:३०, काठमाडौँ

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि देशका धेरै स्थानमा मौसम बदली भई २ दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। 

महाशाखाले शुक्रबार साँझ हिउँदे मौसमको विशेष बुलेटिन १ जारी गरी मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४  गते (सोमबार)  रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना देखिएको जानकारी दिएको हो। 

बुलेटिनमा अगाडि भनिएको छ- साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा  बागमती प्रदेश र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ। 

महाशाखाले उक्त अवधिमा वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ।

नेपालमा यही डिसेम्बर १ देखि हिउँदयाम लागेको हो। त्यसयता वर्षा भएको छैन। अब हुने वर्षा हिउँदे वर्षा हुनेछ। 

हेर्नुहोस् विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad