समाज


नेपाल प्रहरीमा प्राविधिकतर्फ ५ एसएसपीको बढुवा

नेपाल प्रहरीमा प्राविधिकतर्फ ५ एसएसपीको बढुवा

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १६:२४, काठमाडौँ

नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। प्राविधिक तर्फको एसएसपीमा सिफारिस भएका उनीहरुलाई गृहमन्त्री रमेश लेखकले शुक्रबार बढुवाको निर्णय गरेका हुन्। 

प्राविधिक एसएसपीमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल बढुवा भएका हुन्। 

बढुवाको निर्णय भएलगतै शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह पनि प्रदान गरिएको छ। 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एक समारोहबीच दज्र्यानी चिन्ह लगाइदिएका हुन्।

जनपदतर्फ २० जना एसएसपीको पद रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad