काठमाडौँको जडिबुटीमा कार र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा २० च १६०५ नम्बरको कार र लु ४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका ४ घर भई काठमाडौँको अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
162
Shares

प्रतिक्रिया