समाज


कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार ६:४४, काठमाडौँ

हाल देशमा मौसम सम्बन्धि कुनै पनि विशेष प्रणाली छैन। यतिबेला (मंगलबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। 

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो र राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

भोलि (शुक्रबार) दिउँसो र राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

शनिबार दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने छ। 

शनिबार राति पनि कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad