पुरुष जुनियर एसिया कप २०२४ को फाइनलमा भारत र पाकिस्तानलाई हराएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार भएको फाइनल प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ५–३ ले हराएको हो।
यसपटक भारतका तर्फबाट अरिजित सिंह हुन्दल, दिलराज सिंह, हन्नान शाहिद र सुफियान खानले उत्कृष्ट प्रदर्शन गरे।
यस प्रतियोगितामा भारतीय टोली अपराजित रह्यो। भारतले आफ्नो समूहमा जापान, कोरिया, थाइल्यान्ड र चाइनिज ताइपेईलाई हरायो।
पाकिस्तान टोली पनि आफ्नो समूहका सबै खेल जितेर फाइनलमा पुगेको थियो। पाकिस्तानले आफ्नो समूहमा मलेसिया, बंगलादेश, चीन र ओमानलाई हराएको थियो।
12
Shares

प्रतिक्रिया