समाज


प्रेमबहादुर पुन उपरथीमा बढुवा, प्रधान सेनापति सिग्देलले दिए दर्ज्याही चिह्न

प्रेमबहादुर पुन उपरथीमा बढुवा, प्रधान सेनापति सिग्देलले दिए दर्ज्याही चिह्न

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १३:२६, काठमाडौँ

नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन उपरथीमा बढुवा भएका छन्।

शान्ति कार्य निर्देशनालयमा कार्यरत सहायक रथी पुनलाई बढुवा गर्न सेनाले मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो।

मंसिर १६ गते उपरथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

उनलाई बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा दर्ज्याही चिह्न प्रदान गरेका छन्। 

उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गरिएको हो। यसअघि २०७७ असारमा पुन सहायक रथीमा बढुवा भएका थिए। 

नेपाल सेनामा अर्को पनि उपरथी पद रिक्त छ।

प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा पनि बढुवाको तयारी गरिएको छ। 

उक्त स्थानमा सहायक रथी नहकुल रायमाझीलाई बढुवा गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad