समाज


चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप

चितवनमा रास्वपा समर्थक र प्रहरीबीच झडप

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १३:२७, हेटाैँडा

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको चितवन प्रहरीले जनाएको छ। 

समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ। झडपका क्रममा केही प्रहरी र रास्वपाका कार्यकर्ता घाइते भएका छन्। 

सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग दोस्रो दिन बुधबार पनि बयान लिने क्रम जारी छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि लामिछानेसँग बयान चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad