देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
यसै क्रममा राजधानी काठमाडौँको न्यूनतम तापक्रम यो वर्ष (२०८१) को आजसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार ६.६ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज ५.६ मा झरेको हो।
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका) :
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। यो सिजन फ्रेबुअरीसम्म रहन्छ।
498
Shares

प्रतिक्रिया