मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ।
शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस भएकोका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार साँझ ६ बजेतिर शौचालयबाट निस्किने क्रममा उनी लडेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लडेर गम्भीर घाइते भएका राईलाई परिवारका सदस्यले उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए।
राईको शव हाल हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
210
Shares

प्रतिक्रिया