ad ad

समाज


ट्रयाक्टरको ठक्करबाट शसस्त्र प्रहरी हबल्दारको मृत्यु

ट्रयाक्टरको ठक्करबाट शसस्त्र प्रहरी हबल्दारको मृत्यु

गोकुल जोशी
चैत ३, २०७६ सोमबार ३:१९,

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० मा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एक घाइते छन्। भीमदत्त नगरपालिका-१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

आइतवार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय सहर खटिमा रेफर गरिएको थियो। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जोशी शसस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्मका डिएसपी केशवराज प्याकुरेलले जानकारी दिए। ‘सडक दुर्घटनामा परी मृत्यु भएका जोशी पूर्वतर्फ शसस्त्र प्रहरीमा कार्यरत रहेको बुझिएको छ, बिदामा घर आएका थिए,’ उनले भने।

दुर्घटना घाइते हरि जोशीको खटिमामा उपचार उपचार भइरहेको छ। ट्याक्टर चालक फरार छन्। ट्याक्टर धनिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .