ad ad

समाज


नेपालमा कोरोना: अहिलेसम्म ४७८ परीक्षण, टेकु प्रयाेगशालामा आउँछन् दैनिक २० नमुना

नेपालमा कोरोना: अहिलेसम्म ४७८ परीक्षण, टेकु प्रयाेगशालामा आउँछन् दैनिक २० नमुना

नेपालखबर
चैत ३, २०७६ सोमबार ३:२३,

कोरोना भाइरस संक्रमण आशंकामा नेपालमा अहिलेसम्म ४७८ जनाको नमुना (रगत/र्‍याल) परीक्षण गरिएको छ।

तर सबैको रिपोर्ट नेगेटिभ अर्थात् कारोना भाइरस नभएको आएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सोमबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार पछिल्लोपटक आइतबार साँझ ११ जनाको नमुना परीक्षणको रिपोर्ट आएको छ।

योसमेत गरेर अहिलेसम्म नेपालमा ४ सय ७८ जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए।

‘अहिलेसम्मका सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने, ‘अब आज फेरि परीक्षण गरिनेछ।’

उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका अस्पतालहरूबाट दैनिक १५ देखि २० वटासम्म नमुना कोरोना परीक्षणका लागि प्रयोगशाला (टेकु)मा आउने गरेका छन्।

‘नमुना संकलन काउन्टर २४सै घण्टा खुला छ,’ उनले भने, ‘अहिले पनि ५/७ वटा नमुना आइसकेका छन्।’

उनका अनुसार काठमाडौं उपत्यकास्थित सरकारी अस्पताललगायत नेपालका विभिन्न जिल्लास्थित ५/७ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ।

ती अस्पतालले शंका लागेका बिरामीलाई आइसोलेसन वार्डमा भर्ना गरी उसको नमुना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाउँछन्।

सुरुमा स्वास्थ्य परीक्षण गराएका कोरोना भाइरसको उद्गमस्थल चीनको उहानबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

तर उपचारपछि उनी निको भएको सरकारले दाबी गरिरहेको छ।

त्यसपछि चीनकै उहानलगायत विभिन्न सहरबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीलाई १४ दिनसम्म खरिपाटी (भक्तपुर) क्वारेन्टाइनमा राखी नमुना परीक्षण गर्दा उनीहरूमा पनि कोरोना संक्रमण देखिएन।

त्यसयता अहिलेसम्म परीक्षण गरिएका कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .