समाज


रविको बयान अन्तिम चरणमा

रविको बयान अन्तिम चरणमा

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १२:४८, काठमाडौँ

रास्वपा सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ। 

स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री लामिछानेसँग आज तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान चलिरहेको छ। 

आइतबार दिनभरमा पनि बयान नसकिएपछि लामिछानेसँग आज पुनः बयान लिइएको  सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।  

यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। 

पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भएको हो। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।

काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रक्रणमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन्।

आजको बयानपछि रविलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिने छ। काठमाडौँ १६ बाट निर्वाचित रास्वपाकी वडाध्यक्ष रोजिना श्रेष्ठ रविलाई भेट्न जान लागेकी रास्वपा स्रोतले जनाएको छ।  

स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले काठमाडौँ १६ मा मात्रै जित हासिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad