खेल


धवनको साथ मैदानमा ‘कर्णाली याक्स’, यस्ता छन् कर्णालीका विदेशी खेलाडी

धवनको साथ मैदानमा ‘कर्णाली याक्स’, यस्ता छन् कर्णालीका विदेशी खेलाडी

दिनेश बुढा
मंसिर १७, २०८१ सोमबार १२:५२, सुर्खेत

नेपाल क्रिकेट सङ्घको आयोजनामा नेपाली क्रिकेट इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता जारी छ।

शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र जनकपुर बोल्टस् भिड्दैछन्। खेल सोमबर दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ। एनपीएलमा कर्णाली याक्सले भारतका चर्चित क्रिकेटर शिखर धवनललाई आफ्नो समूहमा समावेश गरेपछि एनपीएल जगत नै चर्चामा रहेको छ। 

धवनसँगै अन्य विदेशी खेलाडीसहित उपाधि जित्ने लक्ष्यका साथ कर्णाली याक्स मैदानमा उत्रदै छ। 

हिमालय विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको कम्पतानमा सोमपाल कामीसँगै राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिताको अनुभव संगालेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे अनुबन्धित छन्। 

याक्सले अनुबन्धित गरेका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी कर्णालीका खेलाडी हुन्। 

कर्णाली याक्सले भारतीय क्रिकेटको दुनियाँमा छुट्टै पहिचान बनाएका चर्चित विष्फोटक बायाँहाते ब्याटर शिखर धवनलाई अनुबन्धित गरेर उपाधिको मुख्य दाबेदार बन्ने चर्चा कमाएको छ। धवनसँगै पाकिस्तानी खेलाडी हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट यन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद पनि कर्णाली याक्समा अनुवन्धित भएका चर्चित खेलाडी हुन्। 

यस्ता छन्, कर्णाली याक्समा अनुबन्धित विदेशी खेलाडी 
भारतीय क्रिकेटर धवन उनै खेलाडी हुन् जो सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतको पोल्टमा पार्न महत्वपूण योगदान दिएका थिए। धवन सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियम लिग (आइपिएल) को उपाधीसमेत जितेको थियो। धवनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै डेक्कन चार्जर्स, दिल्ली क्यापिटल्स र पञ्जाब किड्सबाट सहभागिता जनाइसकेका छन्। 

कर्णाली याक्सले अनुबन्ध गरेका अर्का खेलाडी हङकङका विस्फोटक ब्याटर बाबर हायातले पनि नेपालमा आयोजना भएका पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको अनुभव लिइसकेका क्रिकेटर हुन्। कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानी बायाँहाते क्रिकेटर हुसेन तलातले पनि नेपाली क्रिकेटको अनुभव लिइसकेका छन्। 
उनले दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग र सन् २०२२ मा भएको नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्सबाट खेलेका थिए। एनपिएलमा तलात अलराउण्डरको भुमिकामा देखिनेछन्। 

यस्तै, कर्णालीका लागि आशाका केन्द्र मानिएका वेस्ट इन्डिजका दायाँहाते ब्याटर चाविक वाल्टनसँग पनि नेपाली मैदानमा क्रिकेट खेलेको अनुभव छ। घरेलु टिम वेस्ट इन्डिजकातर्फबाट अन्तर्राष्ट्रियस्तरमा खेल्दै आएका वाल्टनले सन् २०२२ मा सम्पन्न नेपाल टी २० लिगमा जनकपुर रोयल्सबाट सहभागिता जनाएका थिए। उनले श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, ग्लोबल टी २० र पाकिस्तान सुपर लिग खेलेको अनुभव संगालेका छन्। 

कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान तथा अलराउण्डर जिसान मक्सुदले पनि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनलाई बलिङ र ब्याटिङमा अनुभवी खेलाडी मानिन्छ। उनीसँग पनि नेपाली क्रिकेट खेलेको अनुभव छ। कर्णाली याक्समा अनुबन्ध भएका अधिकांश खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा अनुभवी क्रिकेटर मानिएकाले नेपालको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको एनपीएलको उपाधी कर्णालीको पोल्टामा पर्न सक्ने चर्चा छ। 

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा कर्णाली याक्ससँगै सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स गरी आठ टोली एनपीएलमा सहभागी छन्। 

पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको थियो। जसमा विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले प्रतियोगितामा बलियो सुरुआत गरिसकेको छ, भने आज कर्णाली याक्ससँग प्रतिस्पार्धा गर्दै छ। 

१५ मंसिरदेखि सुरु भएको प्रतियोगिता ६ पुससम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad