समाज


रविलाई ६ घण्टा बयान गराएर फर्काइयो हिरासत, आइतबार पनि बयान हुने

रविलाई ६ घण्टा बयान गराएर फर्काइयो हिरासत, आइतबार पनि बयान हुने

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १६:१५, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबारबाट बयान लिन सुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबार ६ घण्टा बयान गराइएको हो। ६ घण्टा बयान गराएर उनलाई फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताए।

लामिछानेलाई बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिल कार्यालय लगिएको थियो। दिउँसो साढे तीन बजे उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको हो।

६ घण्टा बयान गर्दा पनि नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ।

शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धानन भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

पोखरामा अझै अनुसन्धान सकिएको छैन। प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

यो उनलाई यसअघि बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि लगेर फर्काइएको थियो।

यस्तै, सहारा चितवन सहकारी र वीरगञ्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदै छ। चितवनमा पुरक जाहेरी दर्ता भइसकेको छ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad