समाज


प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ

प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ

नेपालखबर
चैत २, २०७६ आइतबार ९:४,

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन्।

उनलाई शनिबार साँझ संसद् भवनको गेटबाट पक्राउ गरिएको बानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

शनिबार साँझ जबर्जस्ती संसद भवन जान खोजेपछि पक्राउ गरिएको रेग्मीले बताए। त्यसक्रममा कुँवरले प्रहरीसँग झगडा गरेका थिए।

कुँवरले सोधपुछका क्रममा संसद छिर्नुको खास कारण नरहेको बयान दिएका छन्। पक्राउ परेका कुँवरलाई बानेश्वर वृत्तमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad