समाज


झापाका एक व्यक्तिमा कोरोना संक्रमणको आशंका, उपचारका लागि काठमाडौँ पठाइयो

झापाका एक व्यक्तिमा कोरोना संक्रमणको आशंका, उपचारका लागि काठमाडौँ पठाइयो

नेपालखबर
चैत २, २०७६ आइतबार ८:५८,

झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा उपचारका लागि आइतबार काठमाडौँ पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन्।

‘कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad