समाज


राति कहाँ, कस्तो होला मौसम?

राति कहाँ, कस्तो होला मौसम?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १८:३०, काठमाडौँ

देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (बुधबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। अनि देशको मध्य तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको कतै-कतै बादलबाहेक आकाश सफा हुनु हो। राति आकाश खुला भयो भने चिसो बढ्छ भने बादल लाग्यो भने कम चिसो हुन्छ। 

गत अक्टोबर १२ तारिखमा मनसुन (बर्खा) बाहिरिएयता नेपालमा पोस्ट-मनसुन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। 

हिउँद नजिकिँदै गर्दा देशभर चिसो बढ्दै गएको छ। 

मौसम महाशाखााका अनुसार आज (बुधबार) सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम –४.८ डिग्री सेल्सियस छ। यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि ८ डिग्री सेल्सियसमा झरेको छ।

हेर्नुहोस् देशभरको न्यूनतम र अधिकतम तापक्रम विवरण-

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad